काठमाडौँ जेठ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले नर्सिङ प्रशिक्षक पदका लागि मागेको पदपूर्ति सम्वन्धी सूचना रद्ध गरेको छ ।

छैटौँ तहका लागि स्नातकोत्तर योग्यता तोकिएको भन्दै नर्सिङ समूदायबाट व्यापक आलोचना आएपछि सूचना रद्ध गरेको हो । विषय विवादमा परेपछि यसलाई अघि बढाउन उचित नभएको भन्दै तत्कालका लागि सूचना रद्ध गरेको परोपकार प्रसूतिका निर्देशक डा श्री प्रसाद अधिकारीले जानकारी दिए ।

स्नातक तहका चिकित्सकहरुको सुरुवात आठौँ तहबाट हुने तर स्नातकोत्तर तह गरेका नर्सको पद छैटौँ तह तोकिने निर्णय पक्षपातपूर्ण भयो भन्दै नर्सिङ अगुवाहरुले आपत्ति जनाएका थिए । उनले यो विषयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग आवश्यक सल्लाह लिएर अघि बढ्ने बताए ।

स्नातक तहका चिकित्सकहरुको सुरुवात आठौँ तहबाट हुने तर स्नातकोत्तर तह गरेका नर्सको पद छैटौँ तह तोकिने निर्णय पक्षपातपूर्ण भयो भन्दै नर्सिङ अगुवाहरुले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0