चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अध्ययनका लागि एकीकृत प्रवेश परीक्षाको फारम आजदेखि खुला भएको छ। आयोगले परीक्षाका लागि योग्यता पुगेका ईच्छुक व्यक्तिले बुधबार विहान १० बजे देखि आगामी १८ असार अपरान्ह ५ बजेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ।
आयोगले शैक्षिक सत्र २०८१र०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन फारम बुधबारबाट खुला भएको हो।
आयोगले १८ देखि २५ असार अपरान्ह ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन गर्न सकिने उल्लेख गरेको छ।

आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएमएस, बी फार्मा लगायतका स्नातक तहका विषयमा आवेदन दिनका लागि आवश्यक योग्यता र विषयमा ल्याउनु पर्ने आवश्यक प्राप्ताङ समेत उल्लेख गरेको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0