त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा निसन्तान दम्पतिको उपचारका लागि छुट्टै केन्द्र (आईभीएफ) सञ्चालनमा आएको छ। अस्पतालले इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवासहितको उपचार केन्द्र सुरु गरेको छ । पछिल्लो सयम दम्पतिहरुमा निसन्तानपनको समस्या बढ्दै गएसँगै टिचिङ अस्पताले पनि सुरु गरेको हो ।
स्वास्थ्य मन्त्रालयले केही दिन अघि मात्र टिचिङ अस्पताललाई आईभीएफ सेवा सञ्चालनको स्वीकृति दिएको छ।
त्रिवि शिक्षण अस्पतालले आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक डा.दिनेश काफ्लेले जानकारी दिए।
उनले भने,’स्वास्थ्य मन्त्रालयबाट आईभीएफ सेन्टर चलाउन स्वीकृति पाएपछि निसन्तान दम्पतीका लागि आईभीएफ सेवा सञ्चालनमा ल्याएको हो ।’ ६ करोड लगानीमा आईभीएफ सेन्टर सञ्चालन गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1