काठमाडौं । अस्पताल भएको आन्तरिक आम्दानीमा अनियमितताका विषयमा कर्मचारीले आवाज उठाउँदा नजर अन्दाज, व्यवस्ता र अराजकरुपमा प्रस्तुत हुने शैली प्रति चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठानका कर्मचारी युनियनले भर्त्सना गरेको छ ।
युनियनले त्यस्ता अस्पतालको अनियमितता गर्ने व्यवस्थापकलाई समयमै सजक गराउन नसके संस्था धरासायी र झन अराजक हुने मनोबल बढने हुँदा समयमै सजक हुन र सजक गराउनप्रतिष्ठान पदाधिकारीको ध्यानाकर्षण भएको जनाएको छ ।
कर्मचारी युनियनका अध्यक्ष डा. प्रकाश बहादुर थापा र दिपक मुडभरीले मंगलबार एक विज्ञप्ति जारी गदै उक्त बताएका हुन् ।
‘अस्पताल सुशासन र वित्तिय सुशासनको (आन्तरिक आम्दानीमा अनियमितता) सम्बन्धमा कर्मचारीले आवाज उठाउँदा कर्के नजरले हेर्ने र उग्र अराजकरुपमा प्रस्तुत हुने शैली प्रति यस युनियन घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1