काठमाडौं । नेपाल फर्मास्यूटिकल एशोसिएसनले न्युट्रास्युटिकल्स फार्मेसीबाट नबेच्न आह्वान गरेको छ। एशोसिएसनले नेपाल फर्मास्यूटिकल एसोसिएसन सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरुमा उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्नर नगराउन समेत आह्वान गरेको छ ।
नेपालको बजारमा औषधि जस्तै बनावटमा फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनहरुको बिक्रि वितरण भइरहेको प्रति एशोसिएसनको ध्यानाकर्षण भएको जनाएको छ।
‘सो किसिमको उत्पादन पोषण, न्युट्रीशन र फर्मास्युटिकलबाट न्युट्रास्युटिकल भन्ने र औषधि नै हो भनि प्रयोगकर्तालाई भ्रममा पार्ने गरिएको छ ।स्वास्थ्यमा कुनै पनि प्रविधि, बिधि उपयोग गर्न बैज्ञानिक प्रमाणमा आधारित अभ्यास हुन जरुरी छ । तर खाद्यको रूपमा दर्ता गरि औषधि जस्तो प्रस्तुत गरिने न्युट्रास्युटिकलहरु निम्न कारणहरुले स्वास्थ्य सुधारमा औषधि भनि प्रयोग गर्न अनुपयुक्त रहेको हाम्रो एसोसिएसन सबैलाई सुचित गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।