काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र पतञ्जली आयुर्वेदका आचार्य बालकृष्णबीच छलफल भएको छ।
आचार्य बालकृष्णले नेपालमा आयुर्वेद चिकित्सा र जडीबुटी क्षेत्रमा अनुसन्धान गर्न थप लगानी गर्नुपर्नेमा जोड दिए।

मन्त्री यादवले नेपालमा आयुर्वेदिक चिकित्सा र अनुसन्धानको क्षेत्रमा पतञ्जली आयुर्वेदको योगदानलाई उच्च मूल्याङ्कन गरे ।

उनले भने , ‘नेपालमा प्राचीन चिकित्सा पद्धतिहरूको विकास र प्रवर्द्धन गर्नु हाम्रो प्राथमिकता हो । पतञ्जलि आयुर्वेदले यस क्षेत्रमा गरेको काम प्रेरणादायी छ । हामीले पतञ्जली आयुर्वेदसँग सहकार्य गरेर नेपाललाई आयुर्वेदिक चिकित्सा र अनुसन्धानको केन्द्र बनाउन आवश्यक सम्पूर्ण सहयोग गर्नेछौँ।’

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0