काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका समस्या र समाधानका विषयमा कर्मचारीहरुले स्वास्थ्य मन्त्री प्रदीप यादवलाई माग पत्र बुझाएका छन्।
मन्त्री यादवलाई प्रतिष्ठान र अस्पतालसँग सम्बन्धित ५७ बुँदे समस्या र समाधानका विषय रहेको माग पत्र बुझाएका हुन्। कर्मचारी युनियनका तर्फबाट युनियन सचिव दिपक मुडभरीले मन्त्री यादवलाई ५७ बुँदे माग पत्र हस्तान्तरण गरेका हुन् । उनीहरुले लिखित माग तत्काल सम्बोधनका लागि प्रतिष्ठान कार्यकारी परिषदबाट निर्णय गरी सम्बोधन गर्न पनि आग्रह गरेका छन्।
यस्ता छन् युनियनले बुझाएका ५७ बुँदे मागहरु
चि.वि.रा.प्र.ऐन सम्वन्धमा
१.चि.वि.रा.प्र.ऐन २०६३ पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने ।
२. ऐनको दफा ७ मा सभाको गठन सम्वन्धमा सभा सदस्यमा चि।वि।रा।प्र।वीर अस्पताल निर्देशक, राष्ट्रिय ट्रमा सेन्टर प्रमुख मेडिकल सुपरिटेण्डेन्ट र चि।वि।रा।प्र।कर्मचारी युनियन वीर अस्पतालको प्रतिनिधि सदस्य थप गर्नुपर्ने ।
.जस्तै ः पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत व्यवस्था भएको
३. ऐनको दफा ११ मा कार्यकारी परिषद् गठन सम्वन्धमा कार्यकारी परिषद्को सदस्यमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट र चि।वि।रा।प्र।कर्मचारी युनियन वीर अस्पताल प्रतिनिधि सदस्य थप गर्नुपर्ने ।
४. ऐनको दफा १३ मा सेवा आयोग गठन सम्वन्धमा सेवा आयोग गठन गरी सोमा एक जना सदस्य लोक सेवा आयोगको थप गरी पुर्नगठन गर्नुपर्ने ।
जस्तैः पाटन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहे बमोजिम ।
५. ऐनको दफा १४ मा रहेको अस्पताल स्थापना र सञ्चालनको उपदफा २ मा यो ऐन सञ्चालन हुँदाको वखत प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालमा रहेको वीर अस्पताल पछि राष्ट्रिय ट्रमा सेन्टर थप गरिनुपर्ने ।
६. ऐनको दफा २० मा व्यवस्था भएको निर्देशकको उपदफा १ मा अस्पतालको अगाडि वीर अस्पतालको निर्देशक र राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपररिटेण्डन्ट थप गर्ने ।
७. ऐनको दफा २४ मा भएको व्यवस्थामा कुनै कर्मचारी प्रतिष्ठानको अनुरोधमा नेपाल सरकारले खटाउने व्यवस्था रहेकोमा स्वयत यस प्रतिष्ठानले प्रतिष्ठान सेवाको ओ एन्ड एम सर्भे गरी आवश्यक दरवन्दी सृजना गरी सेवा आयोग मार्फत पदपूर्ती गर्नुपर्ने ।
८.दफा ३४ कार्यान्वयनको लागि आवश्यक पहल गर्नुपर्ने ।
कर्मचारी नियमावली सम्वन्धमा
९. लोक सेवा आयोगको संगठित संस्थाका कर्मचारीको सेवाका शर्त सम्बन्धि कानून, बढुवा र विभागिय कारबाही सम्बन्धि सामान्य सिद्धान्त २०७४ बमोजिम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्मचारी सेवा, शर्त तथा सुविधा सम्बन्धि नियमावली २०६५ समयानुकुल बनाउनु पर्ने ।
१०. प्रतिष्ठानले प्रतिष्ठान सेवा तर्फको ९वीर अस्पताल, नर्सिङ्ग क्याम्पस, प्रतिष्ठान कार्यालय, ट्रमा सेन्टर, नयाँ सर्जिकल भवन० समेतलाई समेटि ओ एन्ड एम सर्भे गरी आवश्यक दरवन्दी सृजना गरी प्रतिष्ठान सभाबाट स्वीकृत गरी कितावखानामा दर्ता गरी प्रतिष्ठानलाई आवश्यक शिक्षक तथा कर्मचारी सेवा आयोगरलोक सेवा आयोग मार्फत पदपूर्ति गर्नुपर्ने ।
११. नियम ७ को पदपूर्तिको लागि प्रतिशत निर्धारण सम्वन्धीको क्र।सं।६ को तह सातौमा खुल्ला १०० प्रतिशत राखेकोमा सो संशोधन गरी खुल्ला २०, का।स।मू।६० र आन्तरिक २० प्रतिशत कायम गर्नुपर्ने ।
१२. नियम ५२ को कार्यक्षमताको मूल्याकंन सम्वन्धीको उपनियम ४ को
(ख) मा व्यवस्था भए अनुसार सेवामा अस्थायी वा करार सेवाको पचहत्तर प्रतिशत सेवा बढुवा प्रयोजनको लागि मात्र उल्लेख भएकोले उक्त अस्थायी वा करार सेवाको पचहत्तर प्रतिशत सेवा स्थायी सेवा अवधिमा गणना गर्नुपर्ने ।
१३. नियम ६३ को उपनियम १ मा दोश्रो तहबाट आठौं तहसम्म स्तरवृद्धि हुने प्रावधान रहको र आठौबाट नवौ तहमा स्तरवृद्धि हुने व्यवस्था नभएको हुँदा आठौबाट नवौ तहमा स्तरवृद्धि हुने व्यवस्था हुनुपर्ने ।
१४. नियम ६३ को उपनियम ९ मा उल्लेख भएको शुरु नियुक्ति वा शुरु तहमिलान पछि बढीमा २ तहमाथि सम्ममात्र स्तरवृद्धि गर्न सकिने व्यवस्थामा ३ तहसम्म स्तरवृद्धि हुनुपर्ने ।
१५.नियम ९५ को उपचार खर्च सम्वन्धमा प्रतिष्ठान सेवा तर्फका कर्मचारी सेवा निवृत्तपछि निवृत्त कर्मचारीलाई निशुल्क र आश्रित परिवारलाई पचहत्तर प्रतिशत निशुल्क उपचार हुने व्यवस्था गर्नुपर्ने ।
१६. नियम ९७ मा अङ्गभङ्ग वा चोटपटक लागे बापत पाउने सुविधामा कर्मचारीलाई लागेको चोटपटकको अवस्थालाई विचार गरी १ लाखको रुपैयाँसम्म आर्थिक सहायता दिने व्यवस्थाको सटृा रु। १० लाखको व्यवस्था गर्नुपर्ने ।
१७. नियम १०४ उपदानको उपनियम १ को
.(क) मा आधा महिनाको सटृा एक महिना हुनुपर्ने
(ख) मा एक महिनाको सटृा डेढ महिना हुनुपर्ने
(ग) मा डेढ महिनाको सटृा दुई महिना हुनुपर्ने
(घ) मा दुई महिनाको सटृा तीन महिना हुनुपर्ने
१८. नियम १०६ कर्मचारी कल्याण कोष ९उपदान ं कल्याण कोष० संचालन कार्यविधि बनाई वार्षिक रुपमा आवश्यक रकम जम्मा गर्ने व्यवस्था गर्नुपर्ने । सोको लागि नेपाल सरकारसँग पनि आवश्यक रकम माग गरी कोषमा जम्मा गर्नुपर्ने ।
१९.नियम १५० को ट्रेड युनियन सम्वन्धी व्यवस्था अनुसार निर्देशिका जारी गरी आधिकारिक ट्रेड युनियनको व्यवस्था गरि निर्वाचान गर्नुपर्ने ।
अस्पताल सञ्चालन तथा विविध ः
२०. सम्मानित सर्वोच्च अदालतबाट ट्रमा सेन्टर तथा प्रतिष्ठानको स्वायत्तता, कर्मचारी÷शिक्षकको वृत्ति विकासका सम्वन्धमा भएको निर्देशनात्मक आदेश कार्यान्वयन गर्नु भनि प्रतिष्ठानलाई र सोही विषयमा श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०७७÷६÷६ गते सो आदेश कार्यान्वयन गरी जानकारी समेत पठाउने सम्वन्धमा चि।वि।रा। प्रतिष्ठानलाई पत्र समेत पठाइसककेको हुँदा सो आदेशको तत्काल कार्यान्वयन हुनुपर्ने । ट्रमा सेन्टर वीर अस्पताल इमर्जेन्सी तथा ट्रमा सेन्टरको रुपमा सञ्चालन हुनुपर्ने ।
२१. चि।वि।रा।प्र।वीर अस्पतालमा पदाधिकारीहरु नियुक्ति गर्दा प्रतिष्ठान ऐन नियम अनुसार प्रतिष्ठान सेवा तर्फकै कर्मचारी÷शिक्षकबाट सिफरिश तथा नियुक्ति हुनुपर्ने ।
२२. आकस्मीक विभाग विस्तार, गुणस्तरीय तथा एकद्घार प्रणाली मार्फत संचालन हुनुपर्ने । इमर्जेन्सी सेवा व्यवस्थित, गुणस्तरिय र छिटो छरितो हुनुपर्ने । इमर्जेन्सीमा रहेका वेवारिसे विरामीहरुको व्यवस्थापनका लागि अस्पताल तथा नेपाल सरकारले रकम व्यवस्थापन गर्नुपर्ने ।
२३. नव निर्मित सर्जिकल भवनको प्रतिष्ठानले ओ एण्ड एम सर्भे गरी आवश्यक दरवन्दी स्वीकृत पश्चात प्रतिष्ठान सेवा आयोगबाट पदपूर्ति भई पूर्णरुपमा वर्न वार्ड सहित संचालन हुनुपर्ने । सञ्चालनका लागि आवश्यक उपकरण व्यवस्था गरी कम्तिमा १०० वेडको आइ।सि।यु। सेवा सञ्चालन हुनुपर्ने ।
२४. कोभिड उपचारमा प्रत्यक्ष÷अप्रत्यक्ष संलग्न अस्पतालका सम्पूर्ण कर्मचारीहरुलाई बाँकी कोभिड भत्ता र विमाको रकम उपलब्ध गराउनु पर्ने ।
२५. वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनाको लागि यथाशिघ्र कार्य प्रारम्भ गर्नुपर्ने । हाल सो जग्गा अतिक्रमण भइरहेको हुँदा सम्बन्धित निकायको समन्वयमा जग्गाको संरक्षण गर्नुपर्ने ।
२६. अस्पतालमा विग्रेर रहेका उपकरणहरु मर्मत गरी संचालन गर्नुपर्ने । अस्पतालमा एक बायोमेडिकल इन्जिनियरको दरबन्दी राख्नुपर्ने ।
२७. अस्पतालबाट प्रदान गरिने सेवाहरु गुणस्तरीय, भरपर्दो, छिटोछरितो गर्नका लागि आवश्यक व्यवस्था र नियमित अनुगमन हुनुपर्ने । सामाजिक इकाइलाई व्यवस्थित र २४ घण्टा नै सञ्चालन गरिनुपर्ने ।
२८. कोभिड उपकरण खरिद, विगतमा भएको वीर तथा ट्रमा सेन्टरको र हाल वीर अस्पतालको निर्देशकको सम्बन्धमा उठेको आर्थिक, प्रशासनिक र राजनीतिक अनियमितताका सम्वन्धमा अधिकारप्राप्त निकायबाट छानविन हुनुपर्ने ।
२९. प्रतिष्ठानमा कार्यरत स्थायी तथा अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई तलव भत्ता एवं सेवा सुविधा समयमै उपलब्ध गराउनु पर्ने । विगत ८ महिनाको बाँकी सेवा विस्तार भत्ता तत्कालै उपलब्ध गराउनुपर्ने ।
३०. प्रतिष्ठानमा कार्यरत प्रतिष्ठान सेवा तर्फका शिक्षक÷कर्मचारीलाई योग्यता र जेष्ठताको आधारमा जिम्मेवारी दिनुपर्ने । नियमावली अनुसार तह मिलान स्तर वृद्दि हुनुपर्ने ।
३१.चि.वि.रा.प्र.अन्र्तगत रहेको वीर अस्पताल इमरर्जेन्सी तथा ट्रमा सेन्टर, नर्सिङ्ग क्याम्पस तथा प्रतिष्ठान खरिद ईकाई, कर्मचारी प्रसाशन, आर्थिक प्रशासन र स्टोरहरु एकद्धार प्रणलीमार्फत संचालन हुनुपर्ने ।
३२. प्रतिष्ठान कर्माचारी कितावखाना तत्काल व्यवस्था गर्नुपर्ने ।
३३. कर्मचारीले विगतदेखि पाउँदै आएको सेवा विस्तार भत्ता तत्काल उपलब्ध गराउने र खाइपाई आएको तलव÷भत्ता समयमै उपलब्ध हुनुपर्ने । प्रतिष्ठान सेवा कर्मचारीको तलबमान निर्धारण हुनुपर्ने । प्याथोलोजी विभागमा कार्यरत सबै कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्ने । एनेस्थेसियामा विभागमा कार्यरत प्रतिष्ठान सेवा तर्फका चिकित्सकहरुलाई पनि एनेस्थेसिया भत्ता उपलब्ध गराउनु पर्ने ।
३४. अस्पतालमा उपलब्ध हुँदै आइरहेको सेवा सुविधा जाँच तथा परिक्षणहरु अस्पतालभित्रै हुनुपर्ने÷गर्नु गराउनुपर्ने र रिपोर्टहरु समयमै उपलव्ध गराई अझै गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ सेवा उपलब्ध गराउनुपर्ने ।
३५. चि.वि.रा.प्र.अन्र्तगतका निकायहरुको गतिविधि त्रैमाशिक रुपमा समिक्षा बैठक बसी युनियनलाई सूचित गर्नुपर्ने ।
३६. करार, मासिक ज्यालादारी र ज्यालादार कर्मचारीहरुको सेवा सुविधा र म्याद थपमा समानता हुनुपर्ने ।
३७. चि।वि।रा।प्र।मा कार्यरत कर्मचारी र आश्रित परिवारलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्ने । र अवकाश पछि पनि कर्मचारीलाई आजिवन स्वास्थ्य उपचार पाउनुपर्ने ।
३८. वीर अस्पताल फार्मेसीमा आवश्यक सम्पूर्ण औषधीहरु उपलब्ध हुनुपर्ने ।
३९. वार्षिक विदा पहिल्यै निर्धारण हुनुपर्ने ।
४०. अस्पतालको जिन्सी निरीक्षण प्रत्येक आर्थिक वर्षमा हुनुपर्ने ।
४१. अस्पतालमा रहेका काम नलाग्ने सामान, औजार तथा उपकरणहरु लिलाम गर्नुपर्ने
४२. अस्पतालको दैनिक सरसफाइमा ध्यान दिनुपर्ने ।
४३. देशभर वीर अस्पताल गुठीको नाममा रहेको जग्गा खोजी गरी संरक्षण गर्नुपर्ने ।
४४. कर्मचारीहरुको हाजीर, पोशाक र कार्यक्षेत्रमा रहे नरहेको अनुगमन गर्नुपर्ने ।
४५. रेडियोलोजी तथा प्याथोलोजी विभागले जाँच तथा रिपोर्टहरु समयमै उपलब्ध गराउनुपर्ने
४६. सर्जरी विभाग अन्तर्गतका अप्रेसनहरुका लागि विरामीले महिनौ कुर्नुपर्ने बाध्यता रहेकाले सर्जिकल भवन पूर्ण रुपमा सञ्चालन गरी तत्काल काम कारबाही अगाडी बढाउनुपर्ने ।
४७. अस्पतालमा दरबन्दीभन्दा बढी कार्यरत कर्मचारीहरुलाई निजकै पदस्थापना वा समायोजन भएको स्थानमा पठाउनुपर्ने ।
४८. अस्पतालमा हुने भिडभाड कम गर्न अनलाईन टिकेटिङ र अनलाईन रिपोटिङ व्यवस्थित बनाउनुपर्ने ।
४९. अस्पतालमा विरामी कुरुवा घर निर्माण गर्नुपर्ने ।
५०. पुरानो मेडिकल भवन पुनः निर्माण गर्नुपर्ने ।
५१. अस्पतालमा नागरिक बडापत्र सबैले देख्ने स्थानमा राख्नुपर्ने ।
५२. अस्पतालको आन्तरिक आम्दानी उचित शिर्षकमा मात्रै खर्च गर्नुपर्ने ।
५३. अस्पतालको प्रशासनिक तथा अनियमित खर्च कटौती गर्नुपर्ने ।
५४. अस्पतालमा सोधपुछ कक्ष व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने ।
५५. अस्पतालमा भर्ना भएका सेवाग्राहीका लागि पार्किङको उचित व्यवस्था गरिनुपर्ने ।
५६. प्रस्तावित एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयक २०७९ लाई आवश्यक संशोधनसहित सो छाता ऐन चिकित्सा विज्ञान राष्ट्रिय
प्रतिष्ठान मातहत अन्य प्रतिष्ठानहरु अध्ययन संस्थानका रुपमा रहने गरी ल्याउनु पर्नुे
५७. सबै संघीय अस्पतालहरु चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको अध्ययन अध्यापन गराउने संस्थाको रुपमा विकास गराउनुपर्ने ।