काठमाडौँ । प्रदेश अस्पतालमा उपलब्ध गराएको उपकरण संचालन नआउँदा हिमोफिलियाका विरामी पहिचान गर्न समस्या भएको सरोकारवालाहरुले बताएका छन् ।
हिमोफिलिया सोसाइटी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दाताको सहयोगमा उपलब्ध गराइएका उपकरण संचालन नआउँदा हिमोफिलिया विरामी पहिचान गर्न नसकिएको हो । हिमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरेले हिमोफलिया रोग पहिचान गर्न दाताको सहयोगमा उपलब्ध गराईको ‘कोगुलोमिटर’ उपकरण संचालन नहुँदा पहिचान गर्न समस्या भएको बताए ।

उनका अनुसार रक्तश्रावकासमस्या भएका ४ हजार ९ सय ३७ व्याक्ति मध्ये ८७० जना मात्र सम्पर्कमा आएर उपचारमा रहेको बताएका हुन्।

उनले भने ती मध्ये रक्तश्रावको समस्या भएका ४ हजार ६७ जना व्यक्तिको पहिचानै नभएको बताए। उनले भने ुतर ती सबै हिमोफिलिया हो कि अरुनै रक्तश्रावको समस्या हो भन्ने थाहा पाउन आवश्यक छ।

उनले भने, ‘कोशी अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक अस्पतालमा उपलब्ध गराइएको ‘कोगुलोमिटर’ उपकरण रिएजेन्टको अभावले सञ्चालनमा छैनन् । ‘

मधेश र कर्णाली प्रदेशमा मात्र हालै सञ्चालनमा आएको छ। यस समस्याको उपचारका लागि आवश्यक  एन्टि हिमोफिलिया फ्याक्टरु ९५ प्रतिशत दाताकै भरमा रहेको र नेपाल सरकारले मात्र ५ प्रतिशत बजेट प्रदेश मार्फत छुटाएको उनले जानकारी दिए ।

राष्ट्रिय जनगणना अनुसार चार हजार नौ सय ३७ हिमोफिलियाका विरामी रहेको तथ्याङ्क रहेपनि अहिले पहिचान गरि उपचारमा ८७० जना विरामी रहेको सोसाइटीका अध्यक्ष घिमिरेले जानकारी दिए । काठमाडौंका टिचिङ, टेकु र सिभिल अस्पतालमा मात्र कोगुलोमिटरमार्फत हिमोफिलिया फ्याक्टरको परिक्षण भइरहेको उनले जानकारी दिए।

हिमोफिलियाको परीक्षणका लागि ८०० रुपियादेखि दुई हजार रुपिया लाग्ने गर्दछन । रगत जमाउने आवश्यक तत्वको कमिको कारणले लामो समयसम्म रक्तस्राव भइरहेन अवस्थालाई हिमोफिलिया भनिन्छ । हिमोफिलियायुक्त व्यक्तिमा रगत जमाउने क्लोटिङ फ्याक्टर कम हुने समस्या हुन्छ।

हिमोफिलिया प्रभावित व्यक्तिहरु चोटपटक लाग्न सक्ने स्थानबाट सकभर जोगिनु पर्ने हुन्छ । शरिरमा रगत जमाउने आवश्यक तत्वमध्ये कुनै तत्वको मात्रा एक प्रतिशतभन्दा कम भएका गम्भिर हिमोफिलिया, एक देखि पाँच प्रतिशतसम्म भएमा मध्यम हिमोफिलिया र पाँच प्रतिशतभन्दा माथि भएका अल्प हिमोफिलिया भनिन्छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0