काठमाडौं । औषधी व्यवस्था विभागले खाद्यपूरक सामाग्रीहरु सिफारिस गर्न रोकेकोमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गदैं औषधि व्यवस्था विभागको परिपत्र अनुसार अस्पताल प्रमुखहरुले चिकित्सकलाई खाद्यपुरक सामाग्री सिफारिस नगर्न सूचना जारी गरिरहेका छन्।

चिकित्सकहरुसँग बिरामीको रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्था अनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामाग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार रहेको संघको भनाइ छ।

‘औषधि व्यवस्था विभागको सूचनाको हवाला दिएर विभिन्न अस्पताल प्रमुखहरुबाट चिकित्सकहरुलाई विभिन्न किसिमका औषधी एवं अन्य खाद्यपूरक सामाग्रीहरु सिफारिस नगर्न र गरेमा कानूनी कारवाही हुने भनी धम्कीपूर्ण सूचना सम्प्रेषण भएकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0