स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार अभावलाई तत्कालै समाधान गर्न निर्देशन दिएका छन।

आइतबार अस्पतालको अनुगमनका क्रममा मन्त्री यादवले मन्त्रालयका सचिव सहितका कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन।

मन्त्री यादवले अस्पतालबाट उपलब्ध सेवादेखि अन्य सुविधाको गुणस्तरको विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले मन्त्रालयका सचिव डा। रोशन पोखरेल, अतिरिक्त सचिव डा। दीपेन्द्ररमण सिंह सहितका कर्मचारी र सचिवालयका सदस्यको टोलीले अस्पतालको अनुगमन गरेको थियो।

मन्त्री यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीसँग छलफल गरेर उहाँहरूको पनि भोग्नु भइरहेको चुनौतीका विषयमा जानकारी लिएका थिए । अस्पतालका निर्देशक डा। श्रीप्रसाद अधिकारीले प्रसूति गृह अस्पतालले दिएका सेवा, भावी योजना र भएका समस्याको बारेमा मन्त्री यादवलाई ब्रिफिङ गरेका थिए।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0