स्वास्थ्य विमा बाेर्डले १० वटा मेडिकल कजेललाई विमा सेवा सुरु गर्न दिने निर्णय गरेकाे छ । साउन १ गतेबाट लागू हुने गरि मेडिकल कलेजहरुलाई स्वास्थ्य विमा कार्यक्रम संचालन गर्न दिने निर्णय गरेकाे हाे ।

विमा संचालनकाे लागि स्वीकृत दिएका मेडिकल कलेजहरुमा बीएण्डसी, विराट, नाेवेल, किष्ट, नेपाल, मनमाेहन, नेपालगञ्ज, चितवन, देवदह र काठमाडाैं मेडिकल कलेज रहेका छन्।

विमा बाेर्डका निर्देशक डा. दामाेदर बसाैलाका अनुसार सेवा सञ्चालनका लागि निवेदन दिएर प्रक्रिया पुगेका संस्थालाई साउन १ बाट सेवा संचालन गर्ने गरी शुक्रबार सम्झाैता गरिएकाे जानकारी दिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0