काठमाडौं। वीर अस्पतालमा अनियमितता भएको भन्दै विभिन्न निकायमा निवेदन परेको छ। वीर अस्पतालका कार्मचारीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खरिद लगायतमा अनियमितता भएको भन्दै छानविन गर्न निवेदन दिएका हुन् ।
कतिपय खरिद टुक्रा बनाई कोटेसनमा खरिद गरेको, अनलाइन मार्फत गर्नुपर्ने कोटेसन प्रक्रिया पुरा नगरी खरिद गरिएको लगायत विषयमा छानबिन गर्न निवेदनमा उल्लेख छ ।

त्यसैगरी,निवेदनमा कमिसनका लागि आवश्यक नपर्ने समान मगाएर स्टोरमा थन्किएको समेत आरोप लगाइएको छ।
त्यसैगरी, स्वास्थ्य बिमा गरेकाले लिने औषधि फार्मेसीमा नरहेको र जसका कारण गरिब बिरामीहरु मर्का परेका कर्मचारीहरु बताउँछन् ।

आ व २०८० ८१ को सम्पुर्ण आम्दानी र खर्च (आन्तरिक र नेपाल सरकारको अनुदान ) साथै बर्ष भरिको टेन्डरमा के कति मेडिकल ,जनरल र फार्मेसी समान ,उपकरण कुन फर्मसंग खरिद गरेको, सो को खर्च र के कति मौज्दात छ साथै कोटेशनमा कुन कुन समान खरिद गरेको कुन फर्मसंग कति मुल्यमा लिएको हो सो सबै छानबिन गरि अनियमितता (भष्टाचार) गर्ने माथि आवश्यक कारवाही को लागि अनुरोध गर्दछौं । उजुरी पत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0