काठमाडौं । चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिको बैठक आज बस्दैंछ । समितिको बैठक पहिलो पटक आज बस्न लागेको हो । उक्त बैठक उच्च अदालत पाटनले गत १३ जेठमा उच्च अदालतले रिट खारेज गरिदिएपछि  बस्न पनि लागेको हो ।

गत ४ मंसिर देखि आयोगमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय,  परीक्षा निर्देशनालय,समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद खाली रहेको छ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । उक्त समितिमा प्रा.डा बुद्धिबहादुर थापा र प्राडा रमेशकान्त अधिकारी सदस्य छन्। सा

उक्त समितिले गत ५ मंसिरमा एक साताको अवधी तोकेर सूचना प्रकाशित गर्दा २० जनाले आवेदन दिएका थिए । तर गत १७ मंसिरमा समितिले १२ जनालाई मात्रै अल्पसूचीमा राख्दै सूची प्रकाशित गरेको थियो ।

त्यसमा असहमति जनाएका एक जना आवेदकले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । तर, गत १३ जेठमा उच्च अदालतले रिट खारेज गरिदिएको हो ।

को-को छानिए सर्ट लिष्टमा
सर्ट लिष्टमा छानिएका १२ जनामध्येमा बाग्लुङका डा.कृष्ण सागर शर्मा, मोरङका प्रा.डा.गुरुप्रसाद खनाल, रुपन्देहीका प्रा.डा.दिेशकुरमार लम्साल, दार्चुलाका भिमसिंह तिंकरी, ललितपुरकी प्रा.डा. बन्दजा गुरुङ शर्मा,चितवनका डा.विजयचन्द्र आर्चाय, ललितपुरकी प्रा.डा.शरला श्रेष्ठ,गोरखाका प्राडा. सुजन बाबु मरहट्ठा ,भक्तपुरका प्रा.डा.सुलिप आर्चाय, काठमाडौंका प्रा.डा.सुरज बज्रचार्य, कास्कीका प्राडा.स्वयंप्रकाश पण्डित, पाल्पाका हरिप्रसाद बस्याल रहेका छन् । यी मध्ये ४ जना निर्देशकमा छनोट हुनेछन् ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0