स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण पूर्व एसिया क्षेत्र (सेरो) की निर्देशक साइमा वाजेदबीच छलफल भएको छ।

स्वीजरल्यान्डको जेनेभामा रहेका डब्ल्यूएचओको ७७ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन पुुगेका मन्त्री यादव र वाजेदबीच विशेष छलफल भएको छ।

मन्त्री यादवका अनुसार छलफल नेपालसहित एसीयाको दक्षिण पूर्वीको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका लागि संयुक्त रूपमा गर्न सकिने पहल र हातेमालोको विषयमा केन्द्रित रहेको मन्त्री यादवले जानकारी दिए।

मन्त्री यादवले भने, ‘नसर्ने रोग, मानसिक स्वास्थ्य, आत्महत्या निराकरण, युवाहरूमा बढ्दो मद्यपान तथा लागूपदार्थ सेवनले उनीहरूको स्वास्थ्यमा पारेको असरलगायतका विषयहरूमा  कुराकानी भयो ।’

छलफलका क्रममा मन्त्री यादवले वाजेदलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0