उदयपुरको सदरमुकाम गाईघाटमा अत्याधुनिक सुविधासहितको उपचार सेवा प्रवाह गर्नेगरी ५० शय्याको नयाँ अस्पताल सञ्चालनमा आएको छ । आधुनिक शल्यक्रियासहितको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा प्रवाह गर्ने गरी गाईघाट सिटी हस्पिटल प्रालीले बुधबारदेखि नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पताल परिसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालका प्रबन्ध निर्देशक रमेशकुमार आचार्यले आजैदेखि २४ सै घण्टा इमर्जेन्सी सेवासहित आइसियु, एनआइसियू, अत्याधुनिक ल्याब, एक्स(रे, भिडियो एक्स(रे, ईन्डोस्कोपी, ल्याप्रोसकोपी र २४ सै घण्टा फार्मेसी सेवा सुरु गरिएको बताए ।

अस्पतालमा जेनरल वार्ड, प्राइभेट वार्ड, आधुनिक अप्रेसन थ्रेटर, डेलिभरी वार्ड र पोष्ट अप वार्डसहितको सेवाहरू प्रवाह गरिने र यसका लागि अहिलेसम्म करिब १५ करोड रुपियाँ लगानी भइसकेको र अब करिब पाँच करोड रुपियाँ थप लगानी गरी कुनैपनि प्रकारको बिरामीहरूको उपचार सेवामा सहजता ल्याउन अस्पताल रवयवस्थापनले कमी नगर्ने प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।

अस्पतालमा स्त्री तथा महिला रोगको विशेषज्ञ सेवामा डा. डिएल यादव, जेनेरल फिजिसिएन सेवामा डा. विवेक प्रभाव साह, बाल रोगको विशेषज्ञ सेवामा डा.सञ्जीव साह, जनरल सर्जन सेवामा डा।कृष्ण यादव र हाड जोर्नी तथा नसारोग विशेषज्ञ सेवामा डा।अर्जुन दास संलग्न रहनुभएको सो पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

गाईघाटबाट विराटनगर वा धरानसम्म बिरामी लैजाँदा र ल्याउँदा लाग्ने करिब १५ हजार रुपियाँको एम्बुलेन्सको भाडा खर्च, थप अन्य बस्ने खाने लगायतका बन्दोवस्तिका खर्चहरू र उपचार शुल्क समेतमा १० प्रतिशतले बचत हुने हुँदा अब आमसर्वसाधारणका लागि गाईघाट सिटी हस्पिटलले आर्थिक रूपमा पनि धेरै टेवा दिएको निर्देशक आचार्यले बताए ।

करिब एकलाख १० हजार जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका र आसपासका अन्य पालिका लगायत छिमेकी जिल्लाहरू सिरहा, सप्तरी, खोटाङ्ग, शोलुखुम्बु, ओखलढुङ्गा र भोजपुर जिल्लासम्का बिरामीहरूका लागि यो अस्पताल भरपर्दो उपचारका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0