काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संघीय संसद्‌मा प्रस्तुत गर्दैछ।

जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन्।

अर्थमन्त्रालयले आगामी आर्थिक वर्षका लागि १९ खर्ब हारहारीको बजेट ल्याउने लागेको जनाएको छ । स्वास्थ्यमा चालु आर्थिक वर्षमा ४९ अर्ब पाएको छ। तर यसपटक स्वास्थ्यको बजेट केही बढ्ने अनुमान गरिएको छ।

आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ५२ अर्ब भित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेका कारण ६० अर्ब हाराहारीमा बजेट आउने अनुमान छ ।

 

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0