नेपालमा कोरोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।

हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0