काठमाडौं- नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएका छन् । गत सोमबारदेखि सञ्चालित परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।

एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी थिए। उनीमध्ये ७ सय ५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन्। दुई जनाको नतिजा भने विथहेल्डमा राखिएको छ ।

त्यसैगरी,बीडीएसतर्फ  २९९ जना  परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0