काठमाडौं । सामान्यतया शरीरमा प्यूरिन नामक रसायन टुट्दा युरिक एसिड बन्छ । युरिक एसिडका बिरामीले गर्मीका कस्ता खानेकुरा खाने धेरैलाई थाहा नभएको पनि हुुन सक्छ । युरिक एसिडको समस्या अत्यधिक मदिरा सेवन गर्ने , कम शारीरिक परिश्रम गर्ने , उच्च प्रोटिनयुक्त खाना र खानपान गर्ने मानिसमा देखिने गर्छ ।
तपाईलाई युरिक एसिडको समस्या छ भने यस्ता खानेकुरा खानुहोस्
केरा : यदि तपाई युरिक एसिडको जोखिमबाट बच्न चाहनुहुन्छ भने दैनिक केरा खाने गर्नुहोस् । केरामा प्युरिन कम हुन्छ । केरा खाँदा युरिक एसिडको मात्रा कम हुन्छ । गाउटको समस्यामा पनि केरा लाभदायक हुन्छ । केरा खाँदा शरीरलाई तत्काल ऊर्जा पनि मिल्छ ।
चेरी: युरिक एसिडका बिरामीलाई सबैभन्दा फाइदाजनक फल चेरी हो । रातो चेरीमा भिटामिन बी–६, भिटामिन ए, भिटामिन के, भिटामिन सी, भिटामिन ए र भिटामिन बी पाइन्छ । चेरीमा धेरै खनिजहरू हुन्छन् जसले उच्च युरिक एसिड कम गर्छ।
स्याउ: गर्मी होस् अथवा जाडो, स्वाउले सधै फाईदा गर्छ । स्याउमा पाईने फाइबरले पाचन प्रक्रियामा सुधार गर्छ।
अर्को स्याउले युरिक एसिडलाई रगतमा जम्मा हुनबाट रोक्छ । स्याउ खाएर युरिक एसिड घटाउन सकिन्छ ।
किवी : युरिक एसिडले हैरान लगाएको छ भने किबी खान सक्नुहुन्छ । किवीमा भिटामिन सी, भिटामिन ई, पोटासियम र फोलेट पाइनछ। जसले विषाक्त पदार्थहरू बाहिर निस्कन्छ। दैनिक किवी खाँदा युरिक एसिडलाई नियन्त्रण गर्न सकिन्छ ।
एजेन्सीको सहयोगमा