कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले आज माओवादीको तर्फबाट कार्कीलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेका ३ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका २ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी रामबहादुर मगर, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती नियुक्त भएका छन् ।

त्यसैगरी पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0