काठमाडौं । डा.गोविन्द केसीले अनशन तोडेका छन् । बिहीबार चिकित्सकहरूको सुझावमा केसीले छैटौँ दिनमा अनशन तोडेका हुन् । आज अनशनको छैटौं दिन मेरो स्वास्थ्य अवस्था कृटिकल हुँदै गएको डाक्टरहरूले औंल्याएका छन् । साथै वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनशन तोडनु पर्ने हुन्छ, उनले भने ।

केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा, सबै नेपालीलाई गुणस्तरीय र निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन पारित हुनुपर्ने र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका थिए ।

केसीले चारबुँदे माग राख्दै पशुपति परिसरमा वैशाख २९ गतेदेखि अनशन थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0