?????????????????????????????????????????????????????????

नेपालगन्ज। पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा। राजन पाण्डे नियुक्त भएका छन।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. पाण्डेलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिनुभन्दा एकदिन अगाडि डा. पाण्डेलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेका हुन। उनलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरिएको जनाइएको छ ।

हाल डा. पाण्डे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै किनोट स्पिकरको रूपमा जर्मनीको राजधानी बर्लिन हुनुहुन्छ । डा. पाण्डेले यसअघि भरतपुर अस्पतालमा पनि मेसुको जिम्मेवारी निर्वाह गरिसकेका छन ।

लामो समयदेखि भेरी अस्पतालमा बसेर सेवा प्रवाह गर्दै आएका पाण्डेले भेरी अस्पतालमा पहिलोपटक व्यवस्थापकीय जिम्मेवारी पाएका हुन।

लामो समयदेखि भेरी अस्पतालमा कार्यरत डा. पाण्डे अस्पतालको अवस्थाबारे पूर्णरुपमा जानकारभएकाले  अस्पतालका सेवा सुविधालाई थप सहज र सरल बनाउँदै बढीभन्दा बढीले उपचार पाउने वातावरण बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0