काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आजदेखी इकोकार्डियोग्राफी सेवा सञ्चालनमा आएको छ। गर्भवती आमा र पेटमा रहेको बच्चाको मुटुको अवस्था थाहा पाउनका लागि उक्त सेवा शुरु गरिएको हो ।

अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारी आजदेखि बेलुका ५ बजेपछि इको कार्डियोग्राफी हुनेको लागि टिकट भने ३ बजे खुल्ने बताए ।

गर्भवती तथा अन्य महिलाको इको कार्डियोग्राफी आइतबार, मंगलबार र बिहीबार हुने छ भने गर्भमा रहेको शिशुको इको कार्डियोग्राफी सोमबार, बुधबार र शुक्रबार हुने छ।

उनले भने, ‘याे सेवा लिन गंगालाल अस्पताल तथा अन्य निजी अस्पतालमा जानुपर्ने अवस्था भएकोमा आजबाट अन्त्य भएको छ। आजदेखि बेलुका ५ बजेपछि इको कार्डियोग्राफी हुने छ भने यसको लागि टिकट भने ३ बजे खुल्नेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0