काठमाडौं । कोशी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी राधिका थपलियाले पाएकी छन्। सोमबार सिटी स्क्यान मेसिन लगायत खरिद विवादमा मुछिएकी सचिव डा. सुधा देवकोटालाई कोशी प्रदेशको स्वास्थ्य सचिवबाट हटाउँदै थपलियालाई सचिवको जिम्मेवारी दिएको हो। प्रदेश स्वास्थ्य सचिव रहेकी देवकोटा कोशी सिटी स्क्यान खरिदमा मिलेमतोमा साढे तीन करोड कमिसनको खेलमा मुछिएपछि हटाइएको बताईन्छ ।

,‘तपाईँलाई कर्मचारी समायोजन ऐन, २०७५ को दफा ११ को उपदफा (२)बमोजिम देहाय अनुसार काम काज गर्न खटाएको ब्यहोरा नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०८० वैशाख २७ गते को निर्णय अनुसार अनुरोध छ,’ थपलियालाई सचिवको रुपमा जिम्मेवारी दिएको पत्रमा भनिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थपलियालाई सोमबार कामकाज गर्ने गरी कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो।

थपलियालाई कामकाज गर्न खटाइएको सेवा, समूह र श्रेणी, पद र निकाय ‘नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्शन समूह, एघारौं तह, प्रदेश सचिव’ उल्लेख छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0