स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादवले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन । मन्त्रालयमा स्वास्थ्य सचिब तथा कर्मचारीहरुले स्वागत गरेका थिए । नवनियुक्त मन्त्री यादवले सोमबार नै राष्ट्रपति कार्यालयमा मन्त्रीको सपथ खाएका थिए ।
जनता समाजवादी पार्टीका सचिव यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री पद रिक्त थियो। उक्त पदमा अशोक राई नेतृत्वको जसपाका सांसद प्रदीप यादव मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुन्।
यसैगरी, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान नियुक्त भएकी छिन्। उनले पनि सपथ लिइसकेकी छिन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1