उपेन्द्र यादवले राजिनामा दिएपछि खाली भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पठाउने निर्णय गरेको छ ।

सो पार्टीले सांसद हसिना खानलाई स्वास्थ्य राज्यमन्त्रीका लागि प्रधानमन्त्री समक्ष नाम सिफारिस गरेको बताइएको छ । रञ्जु झालाई पनि मन्त्रीका लागि सिफारिस गरे पनि नाम टुंगो लागि नसकेको बताइएको छ ।

सांसद यादवले पार्टीबाट आफ्नो नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अहिलेसम्म कुनै जानकारी नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0