काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले एमबीबीएसका दुई विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको भन्दै पुन परीक्षा लिने भएको छ।

केयू परीक्षा नियन्त्रण कार्यालयले अंग्रेजी क्यालेन्डर अनुसार मे ५ र १० मा लिएका दुई विषयको परीक्षा पुन: लिन लागेको जनाएको छ। मेडिसिन एन्ड एलाइड (डर्माटोलोजी) १ र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको परीक्षा पुन हुने भएको हो।

नयाँ परीक्षा कार्यतालिका अनुसार एमबीबीएसको मेडिसिन एण्ड एलाइड (डर्माटोलोजी) १ को आगामी मे १६ मा बिहान १० देखि दिउसो १ बजेसम्म र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको मे १६ मा दिउसो २ देखि २:३० बजेसम्म परीक्षा हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0