काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) काे राजिनामा माग गदैं २२ औं सत्याग्रह सुरु गरेको घाोषणा गरेका छन् ।
उनले शनिवार पत्रकार सम्मेलनमा एक विज्ञप्ति जारी गदैं आजैका दिनबाट काठमाडौं पशुपत क्षेत्रको मृगस्थलीबाट २२ औं सत्याग्रह सुरु गरेको घाोषणा गरेका हुन् । डा.केसीले सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा दिनुपर्ने बताएका हुन् ।
डा. केसीले द्वन्द्वकालमा घाइतेहरूको उपचारमा संलग्न चिकित्सकको नाताले मैले सशस्त्र द्वन्द्वको बीभत्स रूप देखेको बताए ।
‘सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा । निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गरियोस्’ , डा. केसीले भने, ‘सवै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि उपचारको व्यवस्था गरियोस् ।’
डा केसीका अनुसार जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबै को समान पहुँच सम्बन्धी ( गेटामा तु रुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि उच्च शिक्षा ऐन र एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि ऐन तुरुन्त पारित गर्न लगायत सवै सम्झौताहरु कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारवाही गर्न माग गरिन्छ।
डा.केसीले जारी गरेको यस्तो छ प्रेस विज्ञप्ति