काठमाडौँ । सरकारले एक करोड ८८ लाख अमेरिकी डलरको परियोजना प्राप्त गरेको छ ।सरकारले यो रकम स्वास्थ्य क्षेत्र सुधारका लागि ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजना अन्तर्गत प्राप्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ अनुदानमा आधारित यो परियोजना १७९ आवेदकबाट नेपाल पनि छनोट भएको हो।डा। बुढाथोकीका अनुसार परियोजनाको रकम जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने छ ।

बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा स्पिड’ परियोजनाको शुभारम्भ गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0