काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगेका छन् ।आज बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0