तनहुँ। तनहुँको सदरमुकाम दमौलीमास्थित दमौली अस्पतालमा मिर्गौला खराब भएका बिरामीलाई डायलासिस सेवा लिन अब पालो कुर्नु नपर्ने भएको छ। दमौली अस्पतालले तीन वटा नयाँ उपकरण पाएपछि प्रतीक्षा सूचिमा रहेका सबैले सेवा पाएका छन् ।

जिल्लास्थित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यले पहल कदमी गरी नयाँ मेशिनको व्यवस्था गरेपछि प्रतीक्षा सूचिमा रहेका २१ जनाले पालो पाएको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। परिवर्तन बरालले जानकारी दिए । बरालले भन्ने, ूअस्पतालमा मेसिन अभाव र धेरै बिरामी भएकाले उनीहरूले समयमै डायलाइसिस गर्न नपाउने समस्या थियो अहिले समाधान भएको छ ।ू पालो कुर्नु नपर्दा बिरामीलाई डायलाइसिस उपचार सेवा लिन सहज भएको छ ।

हाल डायलाइसिस युनिट कक्षमा सात डायलाइसिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साँझ गरी तीनपटक प्रत्येक बिरामीलाई आलोपालो डायलाइसिस सेवा दिने गरिएको छ । लमजुङ, गोरखा र कास्कीका बिरामी सेवा लिँदै आएको ती जिल्लाहरूमा डायलाइसिको युनिट स्थापना गर्ने तथा क्षमता थप गर्ने गरिएकोले बिरामी चाप कम भएकोले पालो कुर्नु नपरेको हो ।
विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो । हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रमा सुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीन वटा उपकरण थप गरिएको छ ।

केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भनेपछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडि अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0