काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ई-सिगरेटको आयात रोक्न भन्सार विभागलाई पत्र लेखेको छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिकाले आयात तथा विक्री वितरण रोकेको तर्फ ध्यानाकर्षण गराउँदै पत्र लेखेको हुन् ।

उनले पठाएको पत्रमा निर्देशिकाको परिच्छेद ३ को दफा २८ को उपदफा ३ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ।
पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार, भन्सार विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, र वाणिज्य, अर्थ मन्त्रालय,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0