कालीकोट जिल्लाको महावै गाउँपालिका वडा नम्बर ३ बाट एक सुत्केरीको उद्धार गरिएको छ।

लामो समय प्रसूति व्यथाले च्याप्दै जाँदा ज्यान जाने खतरा भएपछि सीता शाही सिहंंको सेनाको हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको हो।

उद्धार गरेर अस्पताल पुग्ने बित्तिकै उहाँको अप्रेसन गरेर शिशु निकालिएको छ। आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको अस्पताल स्रोतले जानकारी दिएको छ। बच्चालाई आईसियुमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख नन्दी शाहीले जानकारी दिए।

लामो व्यथा लागेका कारण प्रमुख जिल्ला अधिकारीको सिफारिसमा नेपाली सेनाको हेलिकोप्टरमार्फत सीताको उद्धार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0