स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कारबाहीको चेतावनी दिएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन गरेको तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाएको हो ।

मन्त्रालयले  स्वास्थ्यसेवासँग सम्बन्धित् संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिकलगायतका संस्थालाई तत्काल स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0