काठमाडौं । नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा मेडिकल व्यवसायी खुमा अर्याल भएका छन्। कलेजको मेजर शेयर खरिद गरेका अर्याल मंगलबारबाट कलेजको अध्यक्षमा चयन भएका हुन्। नेपालगन्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पुर्याउने उनले बताए। अध्यक्ष अर्यालसहित कलेजको सञ्चालकहरुमा दिनेश श्रेष्ठ, अनिज श्रेष्ठ, डा सुरेशकुमार कनोडिया, सन्तोष कनोडिया, सन्तोषकुमार खनाल, लोकहर्ष शाक्य, अजय गुप्ता र सन्दिप अग्रवाल रहेका छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1