काठमाडौँ महानगरपालिकाले देशभरका पालिकाबाट आउने गरीव तथा अशक्त बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाइएको जनाएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपालका जुनसुकै पालिकाको भए पनि अशक्त र गरीब नागरिकको उपचार नि:शुल्क गर्ने बताएका छन् । उनले सो सुविधा लिनका लागि सम्वन्धित बिरामी पक्षले आफ्नो पालिकबाट विपन्न तथा असहायको सिफारिस लिएर काठमाडौँ महानगरपालिकामा आउन भनेका छन् ।
महानगरसंग विभिन्न ४३ वटा अस्पतालका ३२३ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुने जनाएका छन् । उनले थप जानकारी लागि महानगरको स्वास्थ्य विभागको निशुल्क हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0