काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति सदस्य १० जना डाक्टर मनोनित भएका छन् ।

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको ७१० जना मनोनीत गरेका हुन् । जसमा १० जना डाक्टर पनि परेका हुन् । मनोनित हुने डाक्टरमा काभ्रे निवासी डा वीरेन्द्र तिमिल्सिना,धनुषा निवासी डा ज्योति साह ,कैलाली निवासी डा नरेश भट्ट, ललितपुर निवासी डा सन्तोष उपाध्याय, सुनसरी निवासी डा सुप्रुद्यन यादव, रौतहट निवासी डा रितेश चिमौरीया नेविसंघ केन्द्रीय सदस्य बनेका छन्।
यस्तै,स्याङ्जा निवासी डा सागर काफ्ले, बागलुङ निवासी डा सुलभ आचार्य र रुपन्देही निवासी डा गङ्गा चौधरी पनि नेविसंघ केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। कैलालीका डा भट्ट काठमाडौँ विश्वविद्यालय मेडिकल साइन्सेसका नेविसंघ इकाई र स्ववियुका पूर्व अध्यक्ष हुन्। अन्य केन्द्रीय सदस्य पनि मेडिकल क्षेत्रबाटै केन्द्रीय सदस्यमा हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0