गोरखा । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ । आइतबार गोरखा अस्पतालका सर्जन डा. जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा. शम्भु अधिकारीको टिमले उनको सफल शल्यक्रिया गरेका हुन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालका अनुसार एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल मलद्वारमा अड्किएको रहेछ ।  करिब ३ घण्टाको अप्रेशन पश्चात बोत्तल निकालिएको छ । ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा खनालले जानकारी दिए ।

बोत्तल कसरी उनको मलद्वारभित्र अड्कियो भन्ने विषयमा जानकारी लिइरहेको अस्पतालले जनाएको छ ।

 

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0