दमौली । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई रु पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उनको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो ।

पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट रु पाँच लाख तीन हजार नौ सय सङ्कलन भएको वडा सदस्य कुमार मगरले जानकारी दिए । उक्त रकम वडा सदस्य मगरले पीडितका बुबा डिलबहादुर रानालाई शनिबार हस्तान्तरण गरे । उनले भन्नुभयो, “पीडितको उपचारमा सघाउने मनकारी भेटिएका छन् । सहयता रकम सङ्कलनकोे क्रम जारी छ ।”

रोगपीडित रानामगरको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । पीडितलाई सहयोग गर्न चाहनेले निर्मला सारु मगरको नाममा खोलिएको एनएमबी बैङ्को खाता नम्बर १९७०१७५४४८९०००१० मा सहयोग रकम दाखिला गर्न वडा सदस्य मगरले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0