जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा एचफाइभ एनवान (बर्डफ्लु भाइरस) देखिएको जनाएको छ।

यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूमा समेत सङक्रमण भेटिनु अर्को चुनौतीको बिषय बनेको संगठनले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले यसै महिनाको सुरुमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट संक्रमित भएको बताएका थिए।

विश्व स्वास्थ्य सङ्गठनको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङले भने, ‘टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा सङ्क्रमण भएको यो पहिलो घटना हो।’

चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने सङ्क्रमण पनि पछिल्लो प्रकोपको समयमा भेटिएको छ।

सन् २००३ देखि यस वर्षको अप्रिल १ सम्म विश्व स्वास्थ्य सङ्गठनले २३ देशमा ८८९ जना मानिसमा सङ्क्रमण हुँदा ४६३ जनाको मृत्यु भएको जनाएको छ। अहिलेसम्म मानिसमा फैलिरहेको कुनै प्रमाण भेटिएको छैन ।

एभियन इन्फ्लुएन्जा ‘ए’ पहिलो पटक सन् १९९६ मा देखा परेको थियो । सन् २०२० देखि सङ्क्रमित स्तनधारीको सङ्ख्यामा वृद्धि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0