नेपालमा गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ।
सतहत्तरमध्ये ७६ वटा जिल्लामा फैलिसकेको उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ। गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा भने अहिलेसम्म यो रोग फेला परेको पुष्टि भइसकेको छैन।
“समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब २५ लाख २६,००० पशुमा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने अनि झन्डै एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने देखिन्छ,” परिषद्ले गरेको अध्ययनको निष्कर्ष छ।
यो रकम नेपालको आर्थिक वर्ष २०८०र०८१ को कुल बजेटको करिब ७।२ प्रतिशत हुन आउने परिषद्ले उल्लेख गरेको छ।
यसअघि नेपालमा सन् १९४० को दशकमा गाईवस्तुमा फैलिएको ‘रिन्डरपेस्ट’ अर्थात् गगौटी रोगको महामारीले ठूलो क्षति निम्त्याएको उनी बताउँछन्। खुर हुने चौपायामा लाग्ने उक्त भाइरल रोग अहिले उन्मूलन भइसकेको छ।