काठमाडौँ  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न स्वास्थ्य अनुसन्धानको महत्वपूर्ण भूमिका हुने बताएका छन्।
 “स्वास्थ्य क्षेत्रमा तथ्यफरक नीति निर्माण गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न अनुसन्धानको महत्वपूर्ण भूमिका हुन्छ । स्वास्थ्य अनुसन्धानले महत्वपूर्ण तथ्य प्रमाणका आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्त गर्न हाम्रा प्रयासलाई मार्गदर्शन गर्दछ । स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्या पहिचान गरी समयमा सम्भावित विकल्पको आकलन गर्न सक्षम बनाउँछ”, उनले भन्ने, “अनुसन्धानले दिगो विकासको मूल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानतालाई सम्बोधन गर्दै समताको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्छ ।”
राष्ट्रिय योजना आयोगका सदस्य सचिव प्रा डा शिवराज अधिकारीले परिषद्ले स्थापनाकालदेखि स्वास्थ्य क्षेत्रमा हुने अनुसन्धानको नियमन, गुणस्तरीय अध्ययनको प्रोत्साहनका लागि वातावरण तयार पार्न र त्यसबाट प्राप्त तथ्य तथ्याङ्कका आधारमा स्वास्थ्यसम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
   स्वास्थ्य सचिव डा रोशन पोखरेलले अबको स्वास्थ्य नीति कस्तो बनाउने रु तीन तहको सरकारबीच समन्वय गरेर कसरी अघि बढ्ने रु कहाँ निर ग्याप छ त्यसलाई कसरी पुरा गर्ने रु अबको प्राथमिकता के हुनुपर्ने लगायतका विषयमा सम्मेलनले दिशा निर्देश गर्ने बताए । उनले आगामी दिनमा नीति निर्माणमा सहयोग पुग्ने समेत बताए ।
     कार्यक्रममा परिषद्का कार्यकारी सदस्य सचिव डा। प्रमोद जोशीले सम्मेलनबारे विस्तृत जानकारी दिदै स्वदेश तथा विदेशबाट गरि एक हजार बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता हुने बताए । उनले सम्मेलनमा भारत, स्वीजरल्याण्ड, बेलायत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि प्रतिनिधि आएको जानकारी दिए ।
तीन सम्म चल्ने यो सम्मेलनको नारा “दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ रहेको छ ।
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0