नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १ हजार २२७ जनाको मिर्गौला र २३ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । फेरी केन्द्रमा नयाँ रेर्कड कार्यम भएको छ । ८१ वर्षका पुरुषले २१ बर्षिया युुवतिलाई मृगौला दिएका छन् । छ दिन अघि ८१ बर्षीय ले गणेशजी साह राजगढ गाउँपालिका ४ सप्तरीकी २१ बर्षीया सन्नीकुमारी साहमा मिर्गौला प्रत्यारोपण दान गरेका हुन् । सन्नीकुमारीलाई आफ्नै हजुरबुबाले मृगौला दान दिएका हुन् ।

‘नातिनीको मिर्गौला फेल भयो, छोराको ब्लड प्रेसरका कारण दान गर्न नमिल्ने भयो, मैले अति माया गर्ने नातिनी जसले मलाई पनि उत्तिकै माया गर्छे उसका लागि मैले नै दान गर्छु भनेर अघि सरें,’ शनिबार अस्पतालबाट नातिनि डिस्चार्ज हुँदै गर्दा उपस्थित भएका हजुरबुबा साहले अगाडी थपे, ‘मेरो ईच्छालाई यहाँका डाक्टरले पनि साथ दिनु भयो र प्रत्यारोपण सम्पन्न भयो ।’

ले यति धेरै उमेरमा मिर्गौला दान गर्ने नेपालको त पहिलो नै हो भन्दै विश्वमा पनि यस्ता केश साह्रै कम मात्रमा देख्न पाइने अस्पतालका निर्देशक एवं प्रत्यारोपण विज्ञ डा.पुकारचन्द्र श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0