काठमाडौं । क्लिनिकल प्याथोलोजी संघ नेपालको नयाँ नेतृत्व चयन भएको छ। होटल र्‍याडिसनमा शनिबार आयोजित कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानमा कार्यरत डा अभिमन्यु झाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । जसमा उपाध्यक्षमा नेपाल मेडिलक कलेजमा कार्यरत डा राकेश पाठक निर्वाचित भएका छन् ।
महासचिवमा ओम अस्पतालमा कार्यरत डा.रोजन घिमिरे, सहसचिवमा चिकित्सा शास्त्र अध्ययन संस्थानकै डा एलिना कर्ण, कोषाध्यक्षमा बी एण्ड बी अस्पतालका डा नीता काफ्ले निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरुमा धुलिखेल अस्पतालका डा विनोद ढकाल, कान्ति बाल अस्पतालका डा मोनी सुवेदी, भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डा दिक्षा कार्की र कटारी अस्पतालमा कार्यरत डा गौरव साह चयन भएका छन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0