बेलायत । कपाल स्ट्रेट गराउनु महिलाको मृगौला फेल हुने एक जर्नलले जनाएदेखाएको छ । न्यू इङ्गल्यान्ड जर्नल अफ मेडिशिनले यो केसले कपाल सिधा बनाउन प्रयोग गरिने केमिकल कम्पाउन्डले मानव स्वास्थ्यमा उत्पन्न गराउन सक्ने सम्भावित खतरा र यी रसायनिकहरूले हाम्रो शरीरको कार्यमा कस्तो हस्तक्षेप गर्ने जर्नलरले जनाएको छ ।

जर्नलका अनुसार सैलुनमा कपाल स्ट्रेट गराउन प्रयोग गरिने एउटा केमिकलको बारम्बार प्रयोगका कारण महिलाको किड्नी फेल भएको छ । सौन्दर्य प्रसाधन उद्योगमा कपाल स्ट्रेट गराउन ग्लायोक्सोलिक एसिडको प्रयोग गरिन्छ ।


यो केसले कपाल सिधा बनाउन प्रयोग गरिने केमिकल कम्पाउन्डले मानव स्वास्थ्यमा उत्पन्न गराउन सक्ने सम्भावित खतरा र यी रसायनिकहरूले हाम्रो शरीरको कार्यमा कस्तो हस्तक्षेप गर्छन् भन्ने उजागर गरेको छ । बारम्बार कपाल स्ट्रिट गराएकै कारण मिर्गौला फेल हुने युवतिको उमेर २६ वर्ष भएको बताइएको छ । महिलामा पहिला मिर्गौलासम्बन्धी कुनै समस्या नभएको जर्नलमा भनिएको छ । ती युवति जून २०२०, अप्रिल २०२१ र जुलाई २०२२ मा कपाल सीधा पार्न सैलुन गएकी थिइन् । ति युवतिमा हरेक पटक सैलुन जाँदा उनलाई बान्ता आउने, पखाला लाग्ने, ज्वरो आउने अनि ढाड दुख्नेलगायत समस्या देखियो । कपाल सीधा गर्दाखेरि टाउकोमा जलन महसुस भयो अनि घाउहरू पनि आयो । परीक्षण गर्दा युवतिको पिसाबमा रगत पनि आइरहेको थियो । तर कुनै खाले सङ्क्रमणको लक्षण चाँहि नभेटिएको जनाईएको छ ।

सिटी स्क्यान गर्ने क्रममा महिलाको पिसाब प्रणालीमा पनि कुनै अवरोध नभएको पाइयो । कपाल स्ट्रेट गर्ने क्रममा ग्लायोक्सोलिक एसिड केमिकल रहेको अनुसन्धानबाट खुलेको छ । युवतिको टाउकोमा जलन हुन र घाउ उत्पन्न हुनुको कारण पनि यही रसायन थियो ।

युवतिको उपचार गर्ने डाक्टरका अनुसार कपाल सिधा बनाएपछि देखिएका लक्षणहरु कपाल सिधा बनाउन प्रयोग हुने ग्लायोक्सोलिक एसिडको खतराबारे चेतावनी सङ्केत थियो । यस्ता उत्पादनबाट टाढा रहनुपर्ने र सकियो भने बजारबाटै हटाउनु पर्ने चिकित्सकहरूको भनाई छ ।

कपाल सिधा पार्ने प्रडक्टहरूमा फर्मलाडेहाइडको सुरक्षित विकल्पको रूपमा ग्लायोक्सोलिक एसिडको प्रयोग भइरहेको छ । यी उत्पादन मिर्गौला रोगसँग जोडिएको हुन सक्ने केही रिपोर्टहरूले बताएका छन् । इजरायलमा पनि मिर्गौला फेल भएका २६ जना बिरामीमाथि हालै गरिएको अध्ययनमा केहीले ग्लायोक्सोलिक एसिड भएका उत्पादनहरू प्रयोग गरेको पाइएको थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
3
+1
1
+1
0