काठमाडौं । रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा।डा।पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्षमा चौधरी र सदस्यमा यादवलाई बनाउँने निर्णय गरेको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कानुन, न्याय तथा स‌ंसदीय मामिला मन्त्रालयको प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0