नेपाल मेडिकल काउन्सिलले विसं २०८१ सालमा लिईने परीक्षाको बार्षिक तालिका सार्वजनिक गरेको छ । स्नातक तहको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा बर्षको तीन पटक र स्नातकोत्तर तहको विशेष ९स्पेशल० परीक्षा बर्षको तीन पटक गर्ने छ । काउन्सिलले सार्वजनिक गरेको तालिका अनुसार स्नातक तहको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा जेठको ७,८ र ९ गते पहिलो साता लिने जनाएको छ ।
त्यसैगरी , दोस्रो असोज १३,१४ र १५ गते दोस्रो र माघको ८,९ र १० गते तेस्रो पटक लिने छ । नेपाल मेडिकल काउन्सिलले आगामी बर्ष अर्थात विसं २०८१ सालमा लिईने परीक्षाको बार्षिक तालिका सार्वजनिक गरेको छ । काउन्सिलले आगामी जेठमा हुने लाइसेन्स परीक्षाका लागि आगामी २६ चेत देखि परीक्षा फारम खुल्ने जनाएको छ ।
परीक्षा फारम आगामी २५ बैशाखसम्म नियमित र २६ र २७ बैशाखमा बिलम्ब शुल्क सहित अनलाइन आवेदन भर्न सकिने काउन्सिलले जनाएको छ । स्नातकोत्तर तहको विशेष परीक्षा तर्फ साउन १७ र १८ गते पहिलो, मंसिर २० र २१ गते दोस्रो र चैतको २१ र २२ गते तेस्रो हुने छ ।
काउन्सिलले आगामी जेठमा हुने लाइसेन्स परीक्षाका लागि आगामी २६ चेत देखि परीक्षा फारम खुल्ने जनाएको छ ।
उसले सो परीक्षा फारम आगामी २५ बैशाखसम्म नियमित र २६ र २७ बैशाखमा बिलम्ब शुल्क सहित अनलाइन आवेदन भर्न सकिने जनाएको छ ।