काठमाडौँ । नेकपा (एमाले)ले विगतमा आफ्नो नेतृत्वमा सरकार रहेका बेला स्वास्थ्य क्षेत्र सुधारका लागि सुरु गरिएका काम टुंगोमा पुर्‍याउन  तथा अब गर्नु पर्ने कामका बारेमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराएको छ ।

एमाले स्वास्थ्य विभाग प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल आज दिउसो स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री यादव समक्ष १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

‘एमालेको पालामा सुरु भएका कार्यक्रमहरु जस्तै स्थानीय निकायमा ५,१०, १५ बेडका ३९६ वटा आधारभूत अस्पतालहरु सिलान्त्यास गरि ४ बर्ष भित्र ७५३ वटै पालिकामा पुर्‍याउने र जनताको स्वास्थ्य सम्वन्धी मौलिक अधिकारको सुनिश्चित गर्ने कार्यक्रम थियो । त्यो सुस्ताएको छ । स्वास्थ्य बीमा कार्यक्रम पनि प्रभावकारी ढंगले अघि बढन सकेको छैन । सरकारी स्वास्थ्य संस्थामा नियम संगत ढंगले कार्यरत विषयविज्ञ अनुभवी कर्मचारीलाई हटाई विषय नै नमिल्ने पदाधिकारीलाई प्रमुख बनाउने र थप जिममेवारी दिने जस्ता निवर्तमान मन्त्रीले गरेका प्रशासनिक अराजकताले सेवाको गुणस्तर घटाएको र स्वयं कर्मचारीको मनोवल गिएको छ । यसलाई तुरुन्त सच्याउन अपिल गरेका छौँ,’ टोलीमा सहभागी डा झलक गौतमले भने ।

सो अवसरमा मन्त्री यादवले स्वास्थ्य क्षेत्र सुधारका लागि आफू काम गर्ने अठोटका साथ आएको भन्दै सुझावलाई मनन गरेर अघि बढ्ने आश्वासन दिए ।

ध्यानाकर्षण पत्र

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0