स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटीले जिम्मेवारी पाएका छन्। उनलाई मन्त्रिपरिषदको बैंठकले स्वास्थ्य मन्त्रालयका प्रशासन सचिवको जिम्मेवारी दिएको हो । सचिव बुर्लाकोटी यसअघि उपराष्ट्रपतिको कार्यालयबाट सरुवा भएका हुन्। स्वास्थ्य मन्त्रालयमा दुई जना सचिवको दरबन्दी रहेको छ।

यसअघि प्रशासन तर्फको सचिव देवकुमारी गुरागाईंले फागुन अन्तिम साता अवकाश पाएपछि उक्त पद रिक्त थियो।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0