काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु गरिएको छ। नेपालमा क्यान्सर रिहबिलिटेसनको महत्त्व जनमानसमा कम भएको कारण र यसको सुविधाको कमी भएकोले काठमाडौँ क्यान्सर सेन्टरले यसको महत्वलाई बुझेर दक्ष जनशक्ति र आधुनिक प्रविधि सहितको फिजियोथेरापी र रिहबिलिटेसन डिपार्टमेन्टको सुरुवात गरेको छ।
जसमा जनरल फिजियोथेरापी बाहेक विशेष क्यान्सरका बिरामीहरुलाई प्रि-रिहबिलिटेसन र रिहबिलिटेसन सेवा प्रदान गर्नेछ। क्यान्सरको बिरामीलाई अति आवश्यक उपचार लिम्फ्याटिक ड्रेनेज जस्ता उपचार पद्धति आधुनिक उपकरण द्वारा उपलब्ध गराइनेछ। क्यान्सरको उपचारले जुन शारीरिक र मानसिक विकार गर्छ त्यसबाट जोगिन र बिरामीको क्वालिटी अफ लाइफ राम्रो बनाउनको लागि क्यान्सर रिहबिलिटेसनले महत्त्वपूर्ण भूमिका खेल्छ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0